एएफसी महिला एसियन कप छनोट : नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना
२०८२ असार २१ गते

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरूलाई जितको शुभकामना दिएका छन् ।
श्रीलङ्काको टोलीलाई जितेर आज उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल संवादका माध्यमका माध्यमबाट सफलताको शुभकामना दिएका हुन् ।
उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधवार भएको खेलमा नेपालले प्रतिस्पर्धी श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।

२०८२ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








