रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सई प्रहरी प्रधान कार्यालय तानिए

काठमाडौँ । पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेको आरोप लागेका ट्राफिक प्रहरी नायव निरीक्षक (सई) कमल खड्का प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत खड्काले लामिछानेको समर्थनमा सामाजिक सञ्जालमार्फत चलाइएको हस्ताक्षर अभियानमा संलग्न भएको भन्दै उनीमाथि छानबिन सुरु गरिएको हो । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले खड्कालाई स्पष्टिकरणका लागि प्रधान कार्यालय बोलाइएको जानकारी दिए ।

‘सामाजिक सञ्जालमा आएको तस्बिरका आधारमा उनको संलग्नता पुष्टि गर्न कार्यालयमा झिकाइएको हो,’ डीआईजी घिमिरेले भने, ‘औपचारिक रुपमा छानबिन प्रक्रिया अगाडि बढ्छ ।’

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि सहकारी ठगीको आरोपमा अनुसन्धान चलिरहेको छ । रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गर्दै देशभर हस्ताक्षर संकलन अभियान चलाइरहेको छ ।

यसै अभियानका क्रममा प्रहरी जस्तो संवैधानिक अंगमा कार्यरत व्यक्तिले समेत समर्थन जनाएपछि प्रहरी प्रशासन सतर्क बनेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + four =