मल अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर अछामीले मल अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले किसानहरू अहिले धान रोपाइँमा व्यस्त रहे पनि मल नपाएको गुनासो देशभरबाट आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले निजामती विधेयकमा पनि सबैको चासो रहेकोले राष्ट्रिय सभाले बदमासी गर्न नहुने टिप्पणी गरे ।
उनले भने ‘संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पास भएर राष्ट्रिय सभामा आइसकेको छ । त्यस विधेयकलाई कुलिङ पिरियड भन्दा राम्रो होला । अहिले त्यसकै चर्चा पनि छ । अझै पनि बदमासी त्यसमा कतै हुँदै छ कि के हो ? भन्ने प्रश्न जन्मिएको छ । किसानहरू अहिले धान रोपिरहेका छन् । तरर मल पाइराखेका छैनन् भन्ने जताततैबाट कम्पलेनहरु आइरहेको छ । यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अध्यक्षज्यूमार्फत सरकारसँग खेतीमा लागेका किसानहरूलाई मलको सहज उपलब्धता गर्न माग गर्दछु ।’
संघीय निजामती विधेयकमा कुलिङ पिरियडबारे व्यवस्थामा भएको हेरफेर सुधार गरी पास गर्नुपर्ने उनको भनाइ छ ।








