सुदूरपश्चिमका वन मन्त्री चौधरीलाई मुख्यमन्त्रीले गरे पदमुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निर्देशनको अवज्ञा गरेको भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरेका छन् ।

१६ दिनअघि, असार ३ गते मुख्यमन्त्री शाहले चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए, तर मन्त्री चौधरीले सार्वजनिक रूपमा मुख्यमन्त्रीलाई चुनौती दिँदै ‘सक्ने भए बर्खास्त गर्नुहोस्’ भनेका थिए ।

चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन्, २०८० को जेठ ४ गते मन्त्री नियुक्त भएका थिए ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको संयुक्त सरकारमा एमाले र नागरिक उन्मुक्तिको समावेश छ । चौधरीको बर्खास्ती पछि मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफैं सम्हाल्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =