टाटाको ७.७ डिल्स लाइक नेभर विफोर– पुराना गाडी साटेर नयाँ गाडी किन्न सकिने !

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले आगामी असार १९ देखि २३ गते (३ जुलाईदेखि ७ जुलाई) बीच ‘७.७ डिल्स लाइक नेभर विफोर’ विशेष कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ ।

यस कार्यक्रमको उद्देश्य ग्राहकहरूलाई आकर्षक अफर र पुरस्कारका साथ टाटा ब्राण्डका गाडीहरूमा सजिलो पहुँच दिलाउनु हो ।

यस विशेष अवसरमा, ग्राहकहरूले जुनसुकै पुराना गाडी साटेर टाटा ब्राण्डका अत्याधुनिक गाडीहरू खरिद गर्न सक्नेछन् ।

कार्यक्रमअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका टाटा गाडीहरू जस्तै टियागो.इभी, पन्च.इभी, नेक्सन के ३.इभी, र कभ.ईभी उपलब्ध गराइनेछ ।

विशेष अफर र सुविधाः

  • थाइल्याण्ड भ्रमणः हरेक गाडी खरिदमा जोडीका लागि थाइल्याण्ड भ्रमणको अवसर।
  • निःशुल्क सेवाहरूः एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारीकर (AVT), एसेसोरिज, चार्जिङ बक्ससहित जडान, चार्जिङ सेवा, र एम्बोस्ड नम्बर प्लेट ।
  • बम्पर पुरस्कारः एक भाग्यशाली विजेताले Iphone 16 जित्ने अवसर प्राप्त गर्नेछन् ।
  • आकर्षक उपहारहरूः ग्राहकहरूलाई गाडी बुकिङ र मूल्यांकन गर्दा विभिन्न उपहारहरू पनि प्रदान गरिनेछ ।
  • सिप्रदी ट्रेडिङले यस विशेष अफरलाई विद्युतीय गाडीको भविष्यप्रति आफ्नो प्रतिबद्धता देखाउँदै प्रस्तुत गरेको छ ।

यस कार्यक्रमले ग्राहकहरूलाई टाटा गाडीको उत्कृष्टता र आधुनिकता अनुभव गर्नका लागि एक सुनौलो अवसर प्रदान गर्नेछ ।

यो अफर केवल असार १९ देखि २३ (३ जुलाईदेखि ७ जुलाई) सम्म मात्र उपलब्ध हुनेछ । इच्छुक ग्राहकहरूले समयमै नजिकको टाटा शोरूममा पुगेर नयाँ गाडीहरूको अवलोकन र टेस्ट ड्राइभ गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =