बालेनले शेयर गरे ‘झोले’ गीत, लेखे– ‘र्यापरहरूले यस्तै गीत गाऊन्’
२०८२ असार १८ गते

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले गायक पशुपति शर्माको नयाँ गीत ‘झोले त तैं, झोले त मैँ’ सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
उनले यो गितलाई फेसवुकमा साझा गर्दै हिपहप कलाकारहरूलाई यस्तै शैलीमा हिपहप गाउन आग्रह गरेका छन् । र्यापरसमेत रहेका मेयर बालेनले सोमबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘म चाहन्छु कि र्यापरहरूले यस्तै गीतहरू गाऊन् । विशुद्ध हिपहप ।’
‘झोले’ बोलको उक्त गीतमा वर्तमान राजनीति, दलगत अन्धसमर्थन र सत्ता–विपक्षी सन्तुलनका नाममा हुने दुरुपयोगप्रति व्यङ्ग्य गरिएको छ ।
शर्माको यो गीत पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ । गीतमा ‘झोले त तैं, झोले त मैँ’ भन्दै सत्तापक्ष र विपक्ष दुबैको आलोचना गरिएको छ ।
२०८२ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








