शिक्षा ऐन नआए २३ असारपछि आन्दोलनमा जान्छौं : शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले १५ असारभित्र विद्यालय शिक्षा ऐन ल्याउने सहमति कार्यान्वयन नभएको भन्दै असार २३ सम्म पर्खने निर्णय गरेको छ । महासंघले उक्त मितिसम्म ऐन नआए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।

गत १७ वैशाखमा सरकारले शिक्षक महासंघसँग भएको सहमतिअनुसार १५ असारभित्र विद्यालय शिक्षा ऐन ल्याउने भनिएको थियो । तर सो अवधिसम्म ऐन नआएपछि महासंघले अन्तिम मौका दिँदै २३ असारसम्म कुर्न लागेको हो ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार संसद्को बैठक २३ असारमा बस्ने तय भएकाले सो मितिसम्म कुर्ने निर्णय गरिएको हो । ‘सहमतिको समय सकिएको छ । तर २३ असारसम्म पर्खिन्छौं । त्यो दिन संसद्को बैठक पनि छ,’ पराजुलीले भनिन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विधेयक पारित गर्ने तयारी रहे पनि शिक्षकका मागमा सहमति नजुटेपछि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

महासंघले गत २० चैतदेखि २९ दिन लामो आन्दोलन गरेका थिए । त्यसपछि १७ वैशाखमा शिक्षा ऐन १५ असारभित्र ल्याउने सहमति भएको थियो । तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै महासंघ आक्रोशित बनेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =