मुख्यसचिव अर्याल अनुगमनमाः भन्छन्– समस्या फिल्डमा देखियो

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतका निकायको अनुगमन गर्दै सेवाग्राहीले अझै सास्ती खेप्नुपरेको जानकारी पाएका छन् ।

मंगलवार ती कार्यालयहरूमा पुगेर अनुगमन गरेका अर्यालले सेवा प्रवाहको अवस्था, प्रणालीमा देखिएका कमजोरी र सुधार आवश्यक पक्षबारे अवलोकन गरेका हुन् ।

अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नागरिकले सेवा लिँदा भोग्नुपरेको कठिनाइप्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘अनुगमन गर्दा केही समस्या फिल्डमा देखियो। नागरिकले धेरै समस्या भोगेको पाइयो। अहिले हामीले अध्यागमन, वैदेशिक रोजगार, राहदानी, नेपाल प्रहरीका सिस्टमहरूलाई एकीकृत गर्न लागेका छौं । यसलाई इन्ट्रिग्रेटेड गरेर सबैलाई व्यवस्थित गर्दैछौं ।’

मुख्यसचिव अर्यालले तीन तहका सरकारबीच समन्वयको अभावले पनि कतिपय सेवामा कठिनाइ आएको उल्लेख गरे ।

उनले तत्काल समाधान गर्न सकिने केही समस्या पहिचान गरेर सम्बन्धित अधिकारीलाई टेलिफोनमार्फत निर्देशन दिइएको जानकारी दिए ।

उनका अनुसार सिस्टम सुधारका लागि आगामी आर्थिक वर्षमा विशेष योजना अघि बढाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =