मुगुमा पुनः भूकम्पको धक्का, एकाबिहानै स्थानीय त्रसित

काठमाडौं । पछिल्लो समय बारम्बार भूकम्पीय गतिविधि महसुस भइरहेको कर्णाली प्रदेशको मुगुमा आज बिहान फेरि भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ८ बजेर ३९ मिनेट जाँदा कोटडाँडा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

बिहानको समयमा घरायसी काममा व्यस्त रहेका बेला एक्कासि जमिन हल्लिएपछि स्थानीयहरू अत्तालिँदै घरबाहिर निस्किएका थिए । केही समयअघि जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएका शक्तिशाली भूकम्पको त्रासदीबाट पूर्ण रूपमा मुक्त हुन नसकेका स्थानीयहरूमा यो पराकम्पनले थप भय सिर्जना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार भूकम्पको धक्का जिल्लाभर महसुस गरिए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । यद्यपि, स्थानीय प्रशासनले सम्भावित क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =