नेपाल प्रहरी सम्बन्धी कानुन यसै अधिवेशनमा प्रस्तुत गर्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक छिटो टुंग्याउने गरी समितिले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आइतबारको समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सदस्यहरूसँग छलफल भएको थियो । जसमा यो देशको सबैभन्दा पुरानो मध्येको कानुन भएको बताए ।

चाँडो भन्दा चाँडो यसै अधिवेशनमा प्रस्तुत गर्नेगरी विधेयक अघि बढाउन आग्रह गरे ।

गृहमन्त्री लेखकले भने ‘यो देशको सबैभन्दा पुरानो मध्येको कानुन हो । अहिलेसम्म यसलाई समय सापेक्ष संशोधन, परिमार्जन गरेर आसक्नुपर्दथ्यो । आउन पाएको थिएन । चाँडो भन्दा चाँडो यसै अधिवेशनमा प्रस्तुत गर्नेगरी हिजो जसरी नागरिकता विधेयकलाई उच्च प्राथमिकता दिएर प्रतिनिधि सभाबाट पारित नै गर्ने अवस्था यो समितिबाट भयो । यो कानुनलाई पनि त्यति नै प्राथमिकताका साथ अघि बढाइदिनुहुनेछ भन्ने आग्रह गर्दछु ।’

गृहमन्त्री लेखकले प्रहरीका जवानहरूलाई तल्लो स्तरका नभनीकन आधारभूत तहका भन्नुपर्ने प्रस्ताव विधेयकमा गरिएको बताए । सरकार कानुन राम्रो बनाएर निष्कर्षमा पु¥याउन तत्पर रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =