एसीसी यू-१६ पुरुष इस्ट जोन कप : नेपालले इन्डोनेसियालाई ३७० रनले हरायो

काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ।

क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको अन्तरले जित निकालेको हो ।

४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपालले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो ।

नेपालका लागि विपिन शर्माले ६ विकेट लिए । ७ दशमलव ३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए ।

प्रशिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए ।

त्यस्तै, परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =