ओएनएमको विरोधमा नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन (भिडिओ)

काठमाडौँ । नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्यमन्त्रालयको प्रस्तावित ओएनएमको विरोधमा प्रदर्शन गरेको छ ।

मंगलवार काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले आफूहरूको पेसा मेट्ने नीति स्वीकार्य नरहेको बताए ।

उनीहरुले स्वास्थ्यमन्त्रालयको प्रस्तावित ओएनएम संशोधन गर्न भन्दै रेडियोग्राफी पेसाको पक्षमा एकताको प्रदर्शन गरेको जनाएका छन् । कार्यक्रममा नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले ज्ञापनपत्र दिएको दिनदेखि नै कालोपट्टी बाँधेर देशभर प्रदर्शन गरिरहेको भन्दै त्यसपछि पनि नेपाल सरकारले गम्भीरता नदेखाएको बताए ।

आफूहरूको दरबन्दी कायम गर्न माग गरिरहेको बताए । ओएनएम फिर्ता नभएसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी दिए ।

प्रदर्शनमा सहभागी भएकाहरूले स्वास्थ्य प्रणालीको मेरुदण्ड रेडियोग्राफरको आवाज सुन्ने बेला भयो, रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाइयोस् लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।

भिडिओ:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =