चलचित्र ‘जनै हराएको मान्छे’ का एसोसिएट डिरेक्टरलाई प्रश्न: अभिनय छोड्नु भएको हो?

काठमाडौँ । चलचित्र ‘जनै हराएको मान्छे’ भदौ ६ गतेबाट रिलिज हुँदैछ । विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रको एसोसिएट डिरेक्टरमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत छन् ।

यो चलचित्रमा उनलाई दर्शकले अभिनेताका रूपमा देख्न पाउने छैनन् । अर्थात् उनले यसमा अभिनय गरेका छैनन् ।

सिने करियरमा होमिएका उनले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा किन अभिनय भएन नि भन्ने प्रश्नमा उनको जवाफ:

निर्देशन पनि क्रिएटिभ काम नै हो । अभिनय त गरेँ, अब निर्देशनको काममा पनि बिस्तारै अनुभव संगाल्दै जाऊँ भन्ने हो । अभिनय र निर्देशन सँगैसँगै अगाडि बढाउँदा थप सहज हुन्छ कि भन्ने मेरो सोच हो,’ मनिष भन्छन्, ‘म पूरै निर्देशक त होइन । तर, निर्देशकको कामको पनि अनुभव गरेको खण्डमा अभिनयलाई पनि सहयोग हुन्छ भन्ने लाग्छ ।’

मन मिल्ने टिम र राम्रो कथा भएकाले मेहनत गरेर काम गरौँ भन्ने उद्देश्यले ‘जनै हराएको मान्छेमा फरक डिपार्टमेन्टमा काम गरेको उनले प्रष्ट पारे ।

हरेक अभिनेताको चाह निर्देशन पनि हुने गरेको दृष्टान्त दिँदै उनी अभिनय र निर्देशनलाई सकेसम्म सँगै अगाडि बढाउन चाहेको बताउँदै आगामी दिनमा आफूलाई दर्शकले अभिनयमा देख्न सक्ने उनले जानकारी दिए ।

भदौ ६ गते रिलिज हुने ‘जनै हराएको मान्छे अहिले पोस्टप्रोडक्सनमा छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रमा विजय बरालसँगै भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =