सरसफाईसम्बन्धी सचेतना घरघरमा फैलाउनुपर्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सरसफाईको कामलाई अब जनचेतनासँग जोड्नुपर्ने बताएका छन् ।

काठमाडौंमा सञ्चालन भएको ६ महिनाको दैनिक सरसफाई अभियानको समापन कार्यक्रममा बोल्दै घिसिङले अब घरघरमा चेतना फैलाउने खालको अभियान आवश्यक रहेको बताए ।

‘अब हामीले मात्र सफा गर्ने होइन, चेतना पनि फैलाउनुपर्छ,’ उनले भने, ‘जब घरघरमा चेतना पुग्छ, तब फोहोर गर्नेहरूलाई पनि लाज लाग्न थाल्छ ।’

उनका अनुसार सरसफाई केवल कर्मकाण्डी रुपमा नभई दिगो र प्रभावकारी हुन जनसहभागिता र चेतना अत्यावश्यक छ ।

पूर्वनिर्देशक घिसिङले बौद्ध क्षेत्र विस्तारै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको उल्लेख गरे । उनका अनुसार हाल बौद्ध क्षेत्रमा होटेलहरू खुल्ने क्रम बढेको छ र ठमेलजस्ता ठाउँका पर्यटकहरू पनि बौद्धतर्फ आकर्षित हुन थालेका छन् ।

‘बौद्ध पर्यटकीय, वातावरणीय र सांस्कृतिक हिसाबले उपयुक्त ठाउँ हो,’ उनले भने, ‘यहाँ सफाइ र व्यवस्थित विकासमा ध्यान दिन सके धेरै सम्भावना देखिन्छ ।’

उनले सरसफाई अभियानलाई काठमाडौंका अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =