मण्डलामा नाटक ‘हत्या’ : अपराध र मनोविज्ञानको गहिरो बहस (तस्बिरहरु)

काठमाडौं । राजधानीको थापागाउँस्थित मण्डला थिएटरको मञ्चमा यतिबेला अपराध, मनोविज्ञान र सामाजिक मूल्यमान्यताको त्रिकोणात्मक सम्बन्धलाई केलाउने नाटक ‘हत्या’ मञ्चन भइरहेको छ । सुदीप तिमिल्सिनाले अनुवाद तथा निर्देशन र विशाल कुमार केसीको सह-निर्देशनमा नाटक ‘हत्या’ तयार पारिएको हो ।
‘हत्या’ नाटकले अपराध शब्दको अर्थ फरक दृष्टिकोणबाट उजागर गर्न खोजिएको छ । प्याट्रिक ह्यामिल्टनको चर्चित मनोवैज्ञानिक थ्रिलर ‘च्यउभ’ मा आधारित यो नाटकमा अपराध, मनोविज्ञान र समाजको गहिरो सम्बन्ध उजागर देखाइएको छ ।
अपराध के हो भन्ने बुझाइ व्यक्तिगत मनोविज्ञान र सामाजिक दृष्टिकोणसँग कसरी गाँसिएको हुन्छ भन्ने कुरा नाटकमा केन्द्रित रहेको छ । ‘हत्या’ नाटक केवल मनोरञ्जन नभई, गहिरो चिन्तनको माध्यम पनि हो भन्ने नाटकद्वारा मञ्चन गरिएको छ । मनोविज्ञान, सामाजिक मूल्य र अपराधको परिभाषामाथि गहिरो प्रश्न उठाउने यो नाटकले नेपाली रंगमञ्चमा नयाँ सोचको तरंग ल्याउने अपेक्षा गरिएको छ ।
नाटकमा मिस ग्रान्ड इन्टरनेशनलका सहभागी कलाकारदेखि एभरेस्ट फिल्म एकेडेमीका निर्देशकसहित आठ जना कलाकारहरू रहेका छन् । अधिकांश कलाकारहरू अभिनय क्षेत्रका विद्यार्थी तथा विभिन्न पेशामा आबद्ध भए पनि रंगमञ्चप्रति गहिरो लगाब राखेका छन् ।
यो नाटक असार ५ गतेदेखि १५ गते सम्म हरेक दिन साँझ ४ बजेबाट सुरु हुन्छ भने शनिबार दिउँसो १२ बजे र ४ बजेको दुई वटा सो रहेको छ । त्यसैगरी सोमबार भने सो बन्द हुनेछ ।
तस्बिरहरु :









