धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले चलचित्र र म्युजिक भिडियोमा धुम्रपान र मद्यपान गरेको दृश्यमा कडाई गर्न आवश्यक रहेको बताएका छन् ।

चलचित्र र म्युजिक भिडियोका दृश्यमा सूर्तीजन्य पदार्थको प्रयोग, प्रभाव र कानूनी प्रावधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सोहीअनुरुप कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।

उनले छिमेकी मुलुक भारतमा २००५ मा सिनेमा हलमा चलचित्र शुरु हुनुभन्दा अघि नो स्मोकिङको स्लग आएसँगै चलचित्र निर्माताहरुले चलचित्रका दृश्यहरूमा धुम्रपानको दृश्य राख्न छाडेको बताए ।

अध्यक्ष दाहालले टेलिभिजन सिरियलहरूमा पनि धुम्रपान र मद्यपानको नजानिँदो विज्ञापन भइरहेकोतर्फ सचेत हुनुपर्नेमा जोड दिए । नजानिँदो तरिकाबाट चलचित्र र म्युजिक भिडियोहरूमा चुरोट, बियर लगायतका सामग्रीको विज्ञापन भइरहेकाले यस्ता विषयहरू रोकिनुपर्ने बताउँदै त्यसका लागि आवश्यक नियमन र कानुन बनाउनुपर्ने बताए ।

अध्यक्ष दाहालले भने, ‘मान्छेले नो स्मोकिङ अथवा स्मोकिङ लज इन्जुरियस टु हेल्थ त्यो लेखेर मात्र हुँदैन । तर त्यसले पनि धेरै न्यूनीकरण गर्दोरहेछ खासगरी चलचित्रका लागि । यो काम चलचित्रका लागि सन् २००५ इण्डियामा नो स्मोकिङको स्लग राख्नको लागि । त्यसपछि चलचित्र बनाउनेहरूले स्मोकिङको सीन अलमोस्ट झिके । त्यसकारण अनसिन रुपमा म्युजिक भिडियो र सिनेमा चुरोटको विज्ञापन गर्ने माध्यम बनिरहेको छ । तरपनि भनिएको त हुँदैन तर भइरहेको छ । उदाहरणका लागि भारतमा वाइन उद्योग शुरु गरियो तर त्यसले बजार पाएन । बजार नपाएपछि भारतीय टेलिभिजन च्यानलहरूमा प्रशारित हुने टेलिभिजन सोहरूमा उच्चमध्यम वर्गलाई तार्गेट गरेर अपर क्लासको हुनका लागि त हामीले वाइन खानुपर्छ भन्ने लाइनबाट मार्केटिङ गरेपछि वाइन उद्योगहरू फस्टाएका हुन् । तरपछि त्यो थाहा पाएपछि टेलिभिजनहरू रोके । त्यसैगरी चुरोट, बियर लगायतका स्वास्थ्यका लागि हानिकारक धुम्रपान र मद्यपानको विज्ञापन नजानिदो हिसाबले भइरहेकै छन् । पछि यी कुराहरू म्यूजिक भिडियोहरूमा पनि विज्ञापनका रुपमा आइरहेका हुन्छन् । जसमा लोगो राख्ने, ब्राण्डको हाइलाइट गर्ने चीजहरू रोकिनुपर्छ । त्यसैले नेपालमा पनि त्यस्ता किसिमका विज्ञापनहरू गर्न नदिनका लागि केही कडाई गर्नुपर्ने आवश्यकता छ ।’

उनले उत्पादित वस्तुहरूले बजार नपाउँदा भारतीय टेलिभिजन च्यानलहरूमा प्रशारण हुने टेलिभिजन सोहरूमा हुने गरेका अघोषित विज्ञापनलाई उदाहरणका रुपमा लिनसकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =