रास्वपा र राप्रपाको विरोधका बीच प्रतिनिधि सभा बैठक सञ्चालन

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद अवरोध गरेको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदको कारबाही सुरु गर्दा रास्वपा र राप्रपाले उभिएर विरोध जनाएको हो ।

सभामुख घिमिरेले नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई आकस्मिक समयमा बोल्न समय दिएसँगै रास्वपा सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी सुरु गरेका छन् ।

अवरोधका बाबजुद संसद बैठक अहिले जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =