हिमालयन बैंकको गौँडा शाखा स्थानान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरू मध्ये गौँडा शाखालाई स्थानान्तरण गरेको छ ।

बैंकले जेष्ठ २६ गते देखि गौँडा शाखालाई दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्ने लम्जुङ्गबाट दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङले बैंकका कर्मचारीहरू तथा अतिथिहरूको उपस्थितिमा गरेका थिए ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २८६ ATM, ८,००० भन्दा बढी POS Terminals र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =