नासा सेक्यूरिटिजले सञ्चालनमा ल्यायो आफ्नै नयाँ टिएमएस– ‘नासा एक्स’

काठमाडौँ । नासा सेक्यूरिटिजले अत्याधुनिक प्रविधिसहितको आफ्नै कारोबार प्रणाली,नासा एक्स सञ्चालनमा ल्याएको छ ।
देश विदेशमा रहेका आफ्ना लाखौँ ग्राहकहरूलाई छिटो, छरितो सेवा र प्रयोगकर्ता मैत्री अनुभव दिन सो कारोबार प्रणाली नासा एक्स सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष संतोषनारायाण श्रेष्ठले जेठ २५ गते दरबारमार्गको लालकोलोनी मार्ग स्थित नासा सेक्यूरिटिजको केन्द्रीय कार्यालयमा सो कारोबार प्रणाली सञ्चालनको शुभारम्भ गरे ।
नासा एक्सले नासाका चार लाख भन्दा धेरै लगानीकर्तालाई सहज, सरल र विश्वसनीय रुपमा सेयर कारोबार गर्न सहयोग पुर्याउने छ । यस प्रणालीमा विश्वमा प्रचलित कारोबार अभ्यासहरूलाई समेटेर प्रविधिको नवीनतम प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
नासा एक्स अब ग्राहकहरूले नयाँ वेब (https://x.naasasecurities.com.np/)र मोबाइल प्लेटफर्महरू मार्फत कुनै पनि समय र स्थानबाट आफ्ना कारोबारको पूर्ण जानकारी राख्न सक्ने कम्पनीले जनाएको छ । यसमा प्रयोगकर्ताले सुविधाजनक रुपमा तत्काल कोल्याट्रल राख्न र झिक्न, रियल टाइम मार्केट अपडेट जस्ता धेरै सुविधाहरू प्राप्त गर्न सक्ने बताइएको छ ।
नासा सेक्युरिटिजि नेपालको अग्रणी ब्रोकर कम्पनी हो ।
नासा एक्सका मुख्य विशेषताहरु :
- रियलटाइम इन्फर्मेशन ड्यासबोर्ड
- एउटै प्लेटफर्ममा प्राविधिक चार्ट पहुँच
- रियलटाइम सेयर बिक्री गरेको रकम धितोमा आएर लोड हुने
- ग्राहकहरुले आफैँ रकम झिक्न सक्ने
- प्रतिक्रिया र समस्या रिपोर्टका लागि
- , ट्रेडिङ, खाता विवरण, टिकट आदि को लागि एकल साइन–इन सुविधा
- वेबसाइटमा निःशुल्क ट्रेडिङ स्कूल, जसले सबैलाई वित्तीय/ट्रेडिङ ज्ञान प्रदान गर्छ
यसका साथै नासा सेक्यूरिटिजले नेपालमा पहिलोपटक इनोभेटिभ चार्ट बेस्ड ट्रेडिङ्ग विशेषता भित्र्याउने काम अगाडि बढाएको छ । यो सेवा पनि आफ्ना ग्राहकहरूलाई चाँडै उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । यसबाट प्रयोगकर्ताले चार्टबाट सिधै खरिद र बिक्रीको आदेश प्रविष्ट गर्न सक्नेछन् । यसले लगानीकर्ताहरूलाई एक ठाउँमा प्राविधिक विश्लेषण गरी खरिद बिक्री आदेशका लागि पुनः टिएमएसमा आउनुपर्ने झन्झटबाट मुक्ति दिने बताइएको छ ।








