आईपीएल फाइनल: आरसीबीविले पञ्जाब किंग्सलाई दियो १९१ रनको लक्ष्य

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५को फाइनलमा आरसीबीविले पञ्जाब किंग्सलाई १९१ रनको लक्ष्य दिएको छ ।

आरसिबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रनको मात्र योगफल बनायो ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा भइरहेको फाइनलमा खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सँग पञ्जाबले टस जितेर पहिले बलिङ रोजेको थियो ।

आरसिबीका लागि विराट कोहोलीले सर्वाधिक ४३ रन जोडे भने, उनले ३५ बलमा ३ चौका प्रहार गरेका थिए । कप्तान पाटीदारले १६ बलमा १ चौका र २ छक्का सहित २६ रन बनाउदा मंयक अग्रवाल १८ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रनमा आउट भएका थिए । त्यस्तै, साल्ट ९ बलमा १६, लियम लिविङ्स्टोन १५ बलमा २५, जितेश शर्मा १० बलमा २४ तथा रोमारिया शेफर्ड १७ रनमा आउट भएका थिए ।

यता आरसिबीका तर्फबाट कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३विकेट तथा अजमतुल्लाह उमरजाई, विजय कुमार वैशाख र युजभेन्द्र चहलले समान १ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =