मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८२ जेठ १३ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
२०८२ जेठ १३ गते
प्रतिक्रिया








