एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय कमलादी, काठमाडौँस्थित आफ्नै भवनमा स्थानान्तरण

काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौँ–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ ।

उक्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरी बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट ज्येष्ठ १० गते समुद्घाटन सम्पन्न भयो ।

उक्त पूजा तथा उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी यस अघि रहेको थापाथली, काठमाडौँ–११ स्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरूको कार्यालय लगायत विभिन्न विभागहरू आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरू कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको हो ।

कार्यालय स्थानान्तरण भएसँगै आदरणीय ग्राहकहरू तथा सरोकारवालाहरूले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरू थप सहजताका साथ प्राप्त गर्नेछन् भन्ने विश्वास बैंकले लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =