प्रभु बैंक र इला कम्र्फट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका वडा नं.–२ आवारोड स्थित इला कम्र्फट होटल एण्ड रिर्सोट बीच व्यावसायिक साझेदारीको लागि विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक कार्यक्रमका बिच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
समारोहका बीच इला कम्र्फट होटल एण्ड रिर्सोटका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत ९एन।बि।सि।ओ।०– राजु रानाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्र्फट होटल एण्ड रिसोटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बाग्लुङ, पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध छ, जहाँ विभिन्न ठाउँबाट पर्यटकहरूको बाक्लो आवागमन हुने गर्दछ । यहाँ अवस्थित बाग्लुङ कालिका मन्दिरमा पूजाआजाको लागि विभिन्न ठाउँहरूबाट दर्शनार्थिहरुको बाक्लो उपस्थिति हुने गर्दछ ।
बाग्लुङमा पन्चकोट, शालिग्राम संग्राहलय तथा अन्य पर्यटकीय ठाउँहरूको अवलोकनका लागि विभिन्न ठाउँहरूबाट पनि पर्यटकहरूको आवतजावत हुने गर्दछ । पर्यटकीय स्थलको रुपमा परिचित बाग्लुङमा अवस्थित, इला कम्र्फट होटल एण्ड रिसोट आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।
प्रभु बैंक लिमिटेड तथा इला कम्र्फट होटल एण्ड रिसोट बिच भएको यो साझेदारीले बाग्लुङ पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरू पनि लाभान्वित हुने जनाइएको छ ।








