फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ आज (बिहीबार) सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =