फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८२ जेठ ७ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज (बुधबार) सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।
छापावाल सुनको मूल्य तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुनको मूल्य १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।
२०८२ जेठ ७ गते
प्रतिक्रिया








