प्रधानमन्त्री ओली अस्वस्थ, प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यसूची हटाइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि मंगलबारका लागि तय गरिएको प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यसूची हटाइएको छ । सभामुख देवराज घिमिरेका प्रेसविज्ञ शेखर अधिकारीका अनुसार प्रधानमन्त्री ओली स्वास्थ्यका कारण मंगलबारको संसद् बैठकमा उपस्थित हुन नसक्ने भएकाले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको हो ।

प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजेदेखि सुरु भएको थियो । बैठकको कार्यसूचीमा सांसदसँग प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर सत्र समावेश गरिएको थियो । तर, प्रधानमन्त्री ओलीको अस्वस्थता कारण उक्त कार्यक्रम स्थगित गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

यसअघि, सोमबार बस्ने तय भएको मन्त्रिपरिषद् बैठकसमेत प्रधानमन्त्री ओली अस्वस्थ रहेको कारणले स्थगित गरिएको थियो । उनका निजी सचिवालयका अनुसार हाल प्रधानमन्त्री विश्राममा छन् र चिकित्सकीय सल्लाहअनुसार स्वास्थ्य सुधारको प्रक्रियामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =