महालक्ष्मी विकास बैङ्कद्वारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूको वित्तीय आवश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरूलाई मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ ।

‘Buy What You Love, Pay How You Like’ भन्ने योजनामा ग्राहकहरूले महालक्ष्मी क्रेडिट कार्ड मार्फत आफूले खरिद गरेको सेवा वा वस्तुको मूल्यको भुक्तानी ३ महिना देखी १२ महिना सम्मको लचिलो अवधि रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार नेपाल, भारत वा भुटान भित्र जुनसुकै स्थानबाट जुनसुकै बिक्रेता, सप्लायर्स वा डिलरहरूबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकहरूले मासिक किस्ता मार्फत भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफूले खरिद गरेको बिल पेस गरे पश्चान महालक्ष्मी विकास बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ र यसरी यस योजना अन्तर्गत मासिक किस्तामा परिवर्तन गर्दा बैंकले EMI Processing शुल्क लिनेछैन ।

बैंकले हालै ग्राहकहरूलाई बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =