मृत्यु कुरेर बसेका धनबहादुरको डा.सुनिल शर्माले गरे निःशुल्क उपचार

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले मोरङका धन बहादुर डाँगीको निःशुल्क उपचार गरिदिएका छन् ।

हाइड्रोसिल रोगले पीडित कानेपोखरी गाउँपालिका–४ निवासी ६२ वर्षीय डाँगीको निःशुल्क उपचार गरिदिएका हुन् ।

डाँगीले कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न सकेका थिएनन् । लामो समयदेखि उपचार नपाउँदा उनी मृत्यु कुरेर बस्न बाध्य थिए ।

उनको अवस्था थाहा पाएपछि सांसद शर्माले निःशुल्क उपचार गरिदिएका हुन् । स्थानीय समाजसेवी कोपिला कार्कीले बिरामी डाँगीको अवस्थाबारे सांसद शर्मालाई जानकारी गराएकी थिइन् ।

आर्थिक अभावकै कारण उपचार नपाएको थाहा पाएपछि डा. शर्माले नोबेल मेडिकल कलेजमा सम्पर्क गरी उपचारको व्यवस्था मिलाएका हुन् ।

डा.शर्माकै पहलमा स्वास्थ्यकर्मी टोलीसहितको एम्बुलेन्स कानेपोखरी पठाइएको थियो ।

हाल डाँगीको नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार भइरहेको छ । चिकित्सकहरूका अनुसार उनको अवस्था सुधारोन्मुख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =