एनएमबि बैंकको बाह्रौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौँ । एनएमबि बैंकले एनएमबि बाह्रौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
गत शनिवार बैंकको गट्ठाघर शाखाबाट सुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिर सम्म पुगी समापन भएको बाह्रौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।
समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।
एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरू तथा सर्वसाधारणहरू गरी लगभग ७०० जनाको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
सो कार्यक्रमको प्रमुख अतिथिका रूपमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ उपस्थित थिए । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई रु ५००,००० को सहयोगका साथै मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको छ ।
सोही प्रकारको कार्यक्रम सातै प्रदेशमा समेत गरिएको बैंकले जनाएको छ ।








