प्रसाईँको आत्मसमर्पणप्रति सांसद शर्माको प्रतिक्रिया: विधिको शासन सबैको साझा दायित्व

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
प्रसाईँको आत्मसमर्पणको विषयलाई लिएर सांसद तथा नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले नेपाल सरकार तथा सरोकारवाला निकायले गम्भीरता पूर्वक लिनु जरुरी भएको बताएका छन् ।
शर्माले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत विधिको शासन र कानुनी सर्वोच्चता सबैको साझा दायित्व भएको बताएका हुन् ।
यस्तो छ शर्माको प्रतिक्रिया:
अहिले भर्खरै भारतको गुहाटीमा दुर्गा प्रसाईँले भारतीय प्रहरीसमक्ष आत्मसमर्पण गरेको खबर पाएको छु । उनलाई आजै नेपाल प्रहरीको जिम्मा लगाउने सुन्नमा आएको छ । यस अघि उनले भिडियो सन्देशमा आफ्नो सुरक्षाको कुरा उठाइएका थिए यसलाई नेपाल सरकार तथा सरोकारवाला निकायले गम्भीरता पूर्वक लिनु जरुरी छ। विधिको शासन र कानुनी सर्वोच्चता हामी सबैको साझा दायित्व हो ।
आसाम राज्यको प्रहरीसमक्ष आफै आत्मसमर्पण गर्नुभएको हो: प्रसाईंको सचिवालय









