सरकारका नेतृत्वको आलोचना गर्ने रोग काठमाडौंबाट अन्यत्र पनि सरेछ : शंकर पोखरेल
२०८१ चैत ५ गते

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाज प्रशंसाको संस्कृतिबाट विमुख हुँदै गएको टिप्पणी गरेका छन् । बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।
उनले केन्द्र सरकारको बजेटबाट सम्पन्न योजनाको फोटो राखेर स्थानीय जनप्रतिनिधिको प्रशंसा गर्ने प्रचलन रहेको बताए । उनका अनुसार यसअघि यस्तो प्रचलन काठमाडौं महानगरपालिकामा थियो । अहिले यो रोग अन्यत्र पनि सरेको उनको भनाइ छ ।
‘केन्द्र सरकारको बजेट कार्यक्रमबाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउँको स्थानीय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारका नेतृत्वको आलोचनाको रोग काठमाडौं महानगरबाट अन्यत्र पनि सरेछ ? जसको काम उसको प्रशंसाको संस्कृतिबाट किन विमुख हुँदैछ, नेपाली समाज ?’ उनले उल्लेख गरेका छन् ।
२०८१ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित








