सहकारी क्षेत्रमा देखिएका विकृति निराकरण गर्न विधेयक ल्याइएको हो : सहकारीमन्त्री

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ ल्याइएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरूले विरोधको सूचना राखेपछि जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले प्रचलित कानुनमा आवश्यक संशोधन गरी सहकारी वचतकर्ताको बचत फिर्ता गर्न र बचत सुरक्षा गर्न विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले विधेयकले तीन तहको सरकारबिच समन्वय र सहकार्य गरी सबै सहकारीमा सबै वर्गको सहभागिता बढाउने जिकिर गरे ।

उनले भने ‘सहकारीको क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न, प्रचलित कानुनमा आवश्यक संशोधन गरि बचतकर्ताको बचत फिर्ता गर्न र बचत सुरक्षा गर्न, नियमन प्राधिकरणको व्यवस्थालाई व्यवस्थित गरि गलत गर्नेलाई कारबाही गर्न, तीन तहको सरकारमा समन्वय गरि सहकारीलाई अझै व्यवस्थित गर्न र सबै वर्ग र तहको प्रतिनिधित्व गर्न यो विधेयक गरेको छ । आईसिएले तोकेका विधिअनुरूप नै विधेयक आएको कारण विरोधका सूचनाहरू फिर्ता लिन अनुरोध गर्दछु ।’

उनले सहकारी क्षेत्रलाई पारदर्शी र प्रभावकारी बनाउन उक्त विधेयक सहयोगी हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =