राजावादीको प्रदर्शन चलचित्रमा हेर्न पाइने
२०८१ फागुन २५ गते

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीहरुले गरेको प्रदर्शनका दृश्यलाई अब चलचित्रमा समेत हेर्न पाइने भएको छ ।
चलचित्र ‘माग्ने राजा’ले विमानस्थलदेखि महाराजगञ्जसम्मको दृश्यलाई क्यामेरामा कैद गरेको छ । आइतबार पोखराबाट काठमाडौं आएका पूर्वाराजा शाहको पक्षमा भएको प्रदर्शनका दृश्य फिल्ममा हेर्न पाइने भएको हो ।
राजालाई स्वागत गर्न पुगेको भीडलाई ड्रोन लगायतका क्यामेराको सहायतमा खिचिएको फल्मका निर्देशक ऋषि लामिछानेले बताए । उक्त दृश्यहरु खिच्न आयोजकबाट स्वीकृति लिइएको उनले बताए ।
फिल्ममा शीर्ष पात्रका रुपमा केदार घिमिरे ‘माग्ने राजा’को भूमिकामा छन् । साथै फिल्ममा वर्षा सिवाकोटी, आर्यन सिग्देल लगायतको पनि अभिनय रहेको छ ।
२०८१ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








