गृहले पठायो ६ जिल्लामा नयाँ सीडीओ, को कहाँ ?
२०८१ फागुन २२ गते

काठमाडौं । सरकारले ६ वटा जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाएको छ । गृह मन्त्रालयमा थन्किएकामध्ये पाँच सहसचिवको पदस्थापन तथा दुई सीडीओको सरुवा गरिएको हो ।
संखुवासभाका सीडीओ विनोदकुमार खड्का रौतहट सरुवा हुँदा नुवाकोटका सीडीओ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालय ल्याइएको छ । सहसचिवहरू धर्मराज जोशी बाँके, दिव्यराज पोखरेल संखुवासभा, नरहरि घिमिरे खोटाङ, विजयराज सुवेदी ओखलढुंगा र शशिधर घिमिरे नुवाकोटको सीडीओ बनेका छन् ।

२०८१ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








