‘श्रमिक आन्दोलनमाथि ‘कू’ को प्रयास भइरहेको छ’

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिंखडाले ट्रेड युनियन आन्दोलन ‘कू’ हुने प्रक्रियामा रहेको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई मन्त्रालयमा सोमवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को तर्फबाट ज्ञापन पत्र बुझाउँदै उनले यस्तो बताएका हुन् ।

उनले नेपालका श्रमिकहरुको मुद्दा र श्रमिकहरु नै ओझेलमा परेको बताए । बैंक तथा वित्तीय क्षेत्रमा श्रमिकहरुले आफ्ना माग राखेर आन्दोलन गर्न नपाउने फैसला आएको भन्दै उनले श्रमिकहरु चनाखो हुनुपर्नेमा जोड दिए ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले युनियनको आन्दोलनलाई नजरअन्दाज गर्ने षड्यन्त्र भइरहेको आरोप लगाए । सरकारले अत्यावश्यकको नाममा श्रमिक आन्दोलनमा रोक लगाउने कार्यले दक्ष जनशक्ति पाउन छोडेको बताए । देशमा अहिले २७ वटा पाँचतारे होटल थपिएर सञ्चालनमा आएको भए पनि दक्ष जनशक्तिको अभाव रहेको रोजगारदाताले गुनासो गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 19 =