दार्चुलाको अवरुद्ध लोकमार्ग सञ्चालन

खलङ्गा (दार्चुला) । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा पहिरो खस्दा शुक्रबार बिहानदेखि अवरुद्ध सडक सञ्चालन भएको छ ।

आज बिहानदेखि निर्माण व्यवसायीले स्काभेटर प्रयोगगरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।

सडक खुलेसँगै शुक्रबारदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =