कुलमान घिसिङलाई मन्त्री खड्काले फेरी सोधे स्पष्टीकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले दोस्रो पटक स्पष्टीकरण सोधेका छन् ।

यसअघिको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले मंगलबार पुनः २४ घण्टे स्पष्टीकरण सोधेका मन्त्रीको सचिवालयले जनाएको छ ।

प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भएयता आन्तरिक भ्रमण काज, बिदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने लगायतका विषयमा घिसिङलाई स्पष्टीकरण सोधिएको छ ।

यसअघि मन्त्री खड्काले गत पुस २२ मा ९ बुँदे स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eleven =