मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु, अनुसन्धान गर्दै प्रहरी
२०८१ फागुन १३ गते

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ ।
कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा थापाको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए ।
उनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
२०८१ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








