पोखरा घटना : मेयर आचार्य पनि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटन समारोहका क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार मेयर आचार्य काठमाडौंस्थित कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु डिस्चार्ज भएको बारे जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा भएको प्राविधिक त्रुटिका कारण नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेल ज्यू र म दुर्घटनावश (जलनका कारण) किर्तिपुर अस्पताल, काठमाडौंमा भर्ना भएर उपचाररत थियौं। माननीय मन्त्री ज्यू तीन दिन अघि नै डिस्चार्ज हुनु भएको थियो, भने म आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएको छु।’यसअघि सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =