कोशी अस्पतालमा ‘पोष्ट अपरेटिभ वार्ड’ सञ्चालन
२०८१ फागुन ६ गते

मोरङ । कोशी अस्पताल विराटनगरमा आजदेखि पाँच शय्याको पोष्ट अपरेटिभ वार्ड सञ्चालनमा आएको छ । अस्पतालमा उपलब्ध स्रोत साधनकोे प्रयोग गरी भेन्टिलेटरसहितको वार्ड सञ्चालनमा ल्याइएको हो ।
शल्यक्रियापछि बिरामीलाई राख्न उक्त वार्ड सञ्चालनमा ल्याइएको हो । यसअघि शल्यक्रियापछि बिरामीलाई सघन उपचार कक्ष ९आइसियु० तथा बिरामीको अवस्था हेरेर अन्य वार्डमा राख्ने गरिएको थियो ।
अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा.रुना झाले वार्डको उद्घाटन गर्दै अस्पतालमा रहेको स्रोतको अधिकतम प्रयोग गरी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनु मुख्य उद्देश्य रहेको बताए ।
उनले अस्पतालमा हाल नसिङ जनशक्ति पर्याप्त रहेको र दैनिक आठ बिरामीको शल्यक्रिया गरिँदै आएको जानकारी दिए । अस्पतालमा स्वदेशी तथा भारतीय सीमा क्षेत्रका नागरिकले सेवा लिइरहेका छन् ।
२०८१ फागुन ६ गते
प्रतिक्रिया
सम्बन्धित









