प्रभु साहसँग प्रधानमन्त्रीको नकझोँक, दिएनन् जवाफ (भिडिओ)

काठमाडौँ । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले सोधेका प्रश्नको जवाफ दिन अस्वीकार गरेका छन् ।

आज संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसद शाहले सोधेका प्रश्नको जवाफ दिएनन् ।

सांसद शाहले प्रश्न सोधेपछि प्रधानमन्त्री ओली उनीसँग आक्रोशित भए । ‘उहाँका प्रश्नहरू उहाँको मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजनकसमेत रहेका छन्’, ओलीले भने, ‘संसद्जस्तो गरिमामय ठाउँमा यस्तो भाषाले तपाईँलाई के लाभ भयो रे, विदेश पठाएर जस्ता भाषा ? म म्यानपावर कम्पनीको मान्छे हो ?’

उनले आफू सरकारमा आएको ८ महिनाको अवधिमा सबै बेथितिको भएको कुरा नभएको भन्दै साहसँग आक्रोश समेत पोखे । ‘तपाईँले भनेको ७० लाख नेपाली वैदेशिक रोजगारीमा ८ महिनामा गएका हुन् ?’, जङ्गिँदै ओलीले भने ।

ओलीले यस्तो भनेपछि साह आसनबाट उठेर प्रतिप्रश्न गर्न खोजेका थिए । तर, सभामुखले उनलाई रोके । त्यसपछि पनि ओलीले भने आक्रोश पोखिरहे र जवाफ दिइरहनु नपर्ने भन्दै पन्छिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =