नेपाल नेशनल अस्पतालमा डायलासिस सेवा शुभारम्भ

काठमाडौं । नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको छ ।

शुक्रवार एक कार्यक्रमबीच अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक कार्यक्रमबीच डायलासिस सेवाको शुभारम्भ गरे ।

डायलासिस सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पौडेलले स्वस्थ खानपानको अभाव र प्रदुषण लगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको संख्या बढिरहेको बताए ।

उनले मिर्गौला रोगीहरुको संख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौति थपिएको बताए ।

उनले मिर्गौला रोगीहरु बढिरहेको अवस्थामा यस अवस्थालाई मध्यनजर गरेर नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गर्नु सुखद् रहेको बताए ।

उनले सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल नेशनल अस्पतालका आइसियु विज्ञ तथा निर्देशक डा. प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको बताए ।

उनले हरेक १६ जना वयस्क व्यक्तिमध्ये एक जना मिर्गौलाको बिरामी रहेको तथ्यांक रहेको बताए । उनले यही अवस्थालाई मध्यनजर गरेर अस्पतालले कलंकी क्षेत्रमा मिर्गौला रोगीका लागि डायलासिस सेवाको शुभारम्भ गरेको जानकारी दिए ।

एक पटक मिर्गौला रोगी भएर डायलसिस सेवामा जानुपरेपछि बिरामीलाई धेरै गाह्रो हुने र औषधिको खर्च पनि धेरै हुने बताए । उनले यसबाट परिवारमा पनि समस्या आउने गरेको बताए ।

उनले सर्वसुलभ र राम्रो सेवा दिने उद्देश्यले नेपाल नेशनल अस्पताल स्थापना गरिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =