बिचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्छौँ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले खोलेका भ्रष्टाचारका फाइलहरू पुनः खोल्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताको शक्ति लिएर अपराधका फाइलहरू पुनः खोल्ने बताएका हुन् ।

उनले लोकतन्त्रको सर्भिसिङ र सुशासन फेरि सुरु गर्ने बताए । उनले बिचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्ने दाबी गरे । उनले अहिलेको सरकारसँग जना खुसी नभए पनि बिचौलिया र स्वार्थ समूहहरू खुसी रहेको बताए ।

अध्यक्ष दाहालले भने ‘अहिले जनता सरकारसँग दुःखी भए पनि बिचौलिया र स्वार्थ समूहहरू खुसी छन् । तर, स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईँहरूले पाएको उन्मुक्ति स्थायी हुनेछैन । तपाईँहरूले कब्जा गरेका राज्यका स्रोत र संशोधन सधैँका लागि हुने छैनन् । म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु– यी फाइलहरू फेरि खोलिनेछन् । जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौँ यी अपराधका फाइल । फेरि सुरु गर्नेछौँ लोकतन्त्रको सर्भिसिङ र सुशासन । फेरि भत्काउनेछौँ, बिचौलिया र राजनीतिको गठजोड ।’

उनले सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी नहुने कुरा स्वार्थ समूहले बुझ्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =