पार्टी जीवनमा आएका अफ्ठ्याराहरु चिर्दै अघि बढ्छौँ : प्रमुख सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी जीवनमा आएका अफ्ठ्याराहरु चिरेर आगामी कदम अघि बढाउने बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अभियान, क्रान्ति र देश निर्माणमा हिँड्ने क्रममा राजनीतकि पार्टीका जीवनमा यस किसिमका घटनाहरु हुने गरेको बताए ।

उनले देश निर्माण गर्ने नयाँ पुस्ताको अभियानलाई निरन्तर रुपमा अघि बढाउने बताए । उाले भने, ‘एउटा अभियान, क्रान्ति र देश निर्माणमा हिँडिरहँदा एउटा राजनीतिक पार्टीका जीवनमा अनेक घटनाहरु हुन्छन् । हामीलाई थाहा छ । नेपालको राजनीतिक इतिहासमा अहिले स्थापित नेताहरु हुनुहुन्छ, उहाँहरुले पनि उहाँहरुको बेलामा राणाका, पञ्चायतका बेलामा राज्यले उहाँहरुलाई पनि कति अन्याय गरेको थियो भन्नेकुरामा उहाँहरु स्वयं अनुभवी हुनुहुन्छ । पार्टी जीवनमा आएका अफ्ठ्याराहरु चिरेर आगामी कदम अघि बढाउँछौँ । देश निर्माण गर्ने नयाँ पुस्ताको अभियान छ, यो निरन्तर अगाडि जान्छ ।’

उनले पार्टी र खास नेताहरुको जीवनमा यस्ता घटनाहरु हुने गरेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 18 =