रवि लामिछाने सिंहदरबारमा, सभामुखसँग छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सिंहदरबार गएका छन् ।

संसद्को हिउँदे अधिवेशन सुरु हुने भएपछि सभापति लामिछाने सिंहदरबार गएका हुन् । संसद बैठक आजबाट सुरु हुँदै छ ।

संसद बैठक अगाडि सभापति लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका हुन् ।

भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो ।

रास्वपाले लामिछानेविरुद्ध प्रतिशोध साँधेको आरोप लगाउँदै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =