जसपाको संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा हुने

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

आईतवार वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अध्यक्ष राईको राजनीतिक प्रविदेदन समेत सर्वसम्मत पारित गरेको पार्टी महासचिव मोहम्मद इस्तियाक राईले बताए ।

उनले पार्टीको जिल्ला र प्रदेश कमिटिहरुलाई पूर्णता दिने गरी सांगठनिक प्रतिवेदन समेत पारित गरेको बताए ।

पार्टी संघीय परिषदको भेला आयोजना गर्नुभन्दा अगावै पार्टीलाई पूर्णता दिने निर्णय भएको महासचिव राईले बताए ।

उनले बैठकमा संविधान संशोधन तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको बताए । ‘जनता समाजवादी पार्टीको दोस्रो बैठक आज सम्पन्न भएको छ । एउटा अध्यक्षज्युबाट समग्र विषयमा एउटा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रश्ताव र समसामयिक प्रश्तावहरु र संघीय परिषद्को भेला चैत महिनामा काठमाडौंमा आयोजना गर्ने प्रश्तावहरु पारित भएका छन् । सांगठनिक प्रतिवेदनमा खालि भएका विभागहरु र संरचनाहरुलाई पूर्णता दिने निर्णय समेत भएको छ’ उनले भने ।

बैठकमा मधेसवादी दलहरु एकीकृत भएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =