‘श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिण्डिकेट अन्त्य हुनुपर्छ’

काठमाडौँ । सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिण्डिकेट अन्त्य गर्न सांसदहरूले माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल मेडिकल व्यवसायी संघसँग गरेको छलफलमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन ।

सांसदहरूले नेपाल सरकारको श्रम मन्त्रालय अन्तर्गत सूचिकृत तथा नवीकरण भएर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाबाट वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा लगाइएको सिण्डिकेट तत्काल अन्त्य गर्न जरुरी रहेको बताए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्थापन गरी श्रमिकहरूलाई सहज वातावरण बनाउन जरुरी रहेको सांसदहरूको भनाई थियो । समिति बैठकमा बोल्दै पूर्वश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिकहरूलाई विदेश भन्दा पनि स्वदेशमा नै राज्यले रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताए ।

उनले नेपाली श्रमिकहरू वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको बताए । उनले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिण्डिकेट अन्त्य गर्न आवश्यक रहेको बताए । उनले मेडिकल व्यवसायीहरूले गुणस्तर र मापदण्डमा लापरबाही रहेको भन्दै गुणस्तर सुधार गर्न आवश्यक रहेको बताए । उनले मेडिकल व्यवसायीहरूका जायज मागका सम्बोधन हुने तर व्यवसायीहरूले श्रमिकलाई ठग्ने काम बन्द गर्न सुझाव दिए ।

नेकपा एमालेका सांसद लालप्रसाद सावाँ लिम्बूले इजरायल जाने श्रमिकहरू पनि वैदेशिक रोजगारीका लागि रोजगारीमा गएको बताए । उनले श्रम मन्त्रालय अन्तर्गत सूचिकृत तथा नवीकरण भएर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाबाट वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण अनुमति नलिएकाहरूले गरिरहेको बताए ।

उनले समितिले अनुसन्धान छलफल गरी श्रम मन्त्रालय अन्तर्गत सूचिकृत तथा नवीकरण भएर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाबाट वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा भएको सिण्डिकेट अन्त्य गर्नुपर्ने बताए ।

नेपाली काँग्रेसका सांसद राजु थापाले नेपालका वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूबाट मलेसियामा कमिसन जाने कुरा गम्भीर रहेको बताए । उनले सिण्डिकेट लगाएर मेडिकलले कमाएर मलेसियाका कम्पनीलाई कमिसन पठाउने विषयमा अनुसन्धान गर्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण लागेको सिण्डिकेट हटाउनु पर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टी नेपालका सांसद रेखा यादवले पनि वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिण्डिकेट लगाएर कमाएको ५० प्रतिशत विदेश रकम पठाउनु भनेको मुलुकको ढुकुटी रित्तो बनाए । उनले त्यस्तो रकम बाहिर जान समितिले दिन नहुने बताए ।

उनले श्रमिकहरूको स्वास्थ्य परीक्षणमा लगाएको सिण्डिकेट सरकारले तत्काल हटाउन आवश्यक रहेको बताए । उनले मुलुक सङ्घीयता लागू भएकाले हरेक प्रदेशबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =