भक्तपुरमा कार र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

काठमाडौं । भक्तपुरमा सोमबार साँझ भएको सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनापछि गम्भीर घाइते भएकी भोजपुर घर भई हाल काठमाडौं पेप्सीकोलामा बस्दै आएकी सपना राईको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको तीन वर्षीया छोरी ईश्वरी सामान्य चोटपटकसहित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् । दुर्घटना मध्यपुरथिमि नगरपालिका-२ दिव्यश्वरीस्थित सडकखण्डमा भएको हो । बा.प्र.०१-०२७च.९२७ नम्बरको कार र बा.५० प.७४१ नम्बरको मोटरसाइकल एकै दिशातर्फ जाँदै गर्दा ठोक्किएका थि ए। कार रामेछाप सुनापाती गाउँपालिका-१ घर भई बूढानीलकण्ठ बस्ने ३४ वर्षीय कृष्णप्रसाद गौतमले चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सपना राई गम्भीर घाइते भएपछि उनलाई मदरल्याण्ड अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएको थियो । तर, बुधबार उनको ज्यान जोगाउन नसकिएको चिकित्सकहरूले पुष्टि गरेका छन् । दुर्घटनापछि कार चालक गौतमलाई प्रहरी वृत्त ठिमिले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ । सपनाको शव अहिले अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =