गोकुलको रवि लक्षित टिप्पणी- अझै तीन परिसर चाहर्न बाँकी छ, कति कालाकोट धुजाधुजा हुने हुन् ?

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताको हिजो काठमाडौं जिल्ला अदालत परिसरमा देखिएको व्यवहारप्रति सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका छन् ।

बिहान फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै बास्कोटाले रास्वपा कार्यकर्ताको आचरणलाई व्यंग्य गर्दै ‘बाघ र नीलो रंगे स्यालको भिन्नता कहिले छुट्टिन्छ ?’ भन्ने प्रश्न गरेका छन् । उनको प्रतिक्रिया वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपा कार्यकर्ताबाट भएको आक्रमणसँग सम्बन्धित छ ।

त्रिपाठीमाथि अदालत परिसरमै थुनछेक बहस सकिएपछि बाहिरिने क्रममा रास्वपा कार्यकर्ताले हमला गरेका थिए । बास्कोटाले आफ्नो पोस्टमा लेखेका छन्, ‘न्याय मरेको छैन भन्थे, तर अदालत परिसरमै मुक्का बजारेपछि न्याय केवल जिउँदो मात्रै होइन, माइक टाईसनभन्दा तीन गुणा बलशाली रहेको प्रमाणित भयो। अझै कति कालाकोट धुजाधुजा हुने हुन् ? बाघ र नीलो रंगे स्यालको फरक कहिले छुट्टिने हो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =