लोक सेवा आयोगले स्थगित गर्यो उपसचिवको विज्ञापन
२०८१ मंसिर ३ गते

काठमाडौं । लोक सेवा आयोगले उपसचिव पदका लागि गरेको विज्ञापनको प्रक्रिया स्थगित गरेको छ । ४९ पदमा राजपत्रांकित द्धितिय श्रेणी उपसचिव पदका लागि गरेको विज्ञापनको प्रक्रिया आयोगले उच्च अदालत पाटनको आदेशपछि सोमबार स्थगित गरेको हो ।
उच्च अदालत पाटनबाट कार्तिक १४ मा भएको आदेश कार्यान्वयनका लागि आयोगबाट गत असोज ३० मा प्रकाशित इन्जिनियरिङ सेवातर्फ उपसचिव वा सो सरहको पदमा बढुवा सूचना तथा आन्तरिक प्रतिस्पर्धा तर्फको विज्ञापनको दरखास्त संकलन समेतका काम स्थगित गरिएको हो ।
विज्ञापन स्थगितको सूचना

२०८१ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








